पहिलो सन्तानको तयारीमा सांगीतिक जोडी अर्जुन र दुर्गा
चर्चित सांगीतिक जोडी गायिका दुर्गा खरेल र संगीतकार अर्जुन पोख्रेल आमाबुबा बन्ने भएका छन् । अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू पहिलो सन्तानको माता–पिता बन्न तयार रहेको जानकारी दिएका हुन् । उनले पत्नी दुर्गा खरेलको एक तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘तिमीभित्र हाम्रो खुसी फुल्दैछ पियारी ।’
सामाजिक सञ्जालको पोष्टको बिषयमा अर्जुनसँग रातोपाटीले जिज्ञासा राखेको थियो । अढाई महिनाको प्रेग्नेंसी टाइम भएको र बच्चाको हार्टबिट महसुस गरेपछि यो खुशी सबैलाई शेयर गर्न मन लागेकोले सामाजिक सञ्जालबाट खुसी बाँडेको अर्जुनले बताए ।
अर्जुनको उक्त पोष्टमा धेरैले बधाई दिइरहेका छन् । अर्जुन र दुर्गाले गत २०७७ असारमा केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका थिए । अर्जुन नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा व्यस्त संगीतकार हुन् । दुर्गा पनि गायनमा स्थापित नाम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण