पार्टी बैठकमा झलनाथ खनालको ब्रिफिङ– मेरो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्छ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ धाँधली भएको भन्दै पुनः मतदान हुनुपर्ने भन्दै ब्रिफिङ गरेका छन् । मंगलबार बसेको पार्टी सचिवालय बैठकमा नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका विषयमा विस्तृतमा ब्रिफिङ गराएका हुन् ।
एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै खनालले अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताएका हुन् । ‘मेरो क्षेत्रमा चुनावमा धाँदली भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘अब मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्ने विषयमा बैठकमा धारणा राखेको छु ।’
पार्टीले समेत खनालको पराजयका विषयमा समेत खोजबिन गर्ने भएको छ । यस्तै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि आफू पराजय भएको विषयमा बैठकलाई जानकारी गराएका छन् । खतिवडाले उदयपुर २ बाट पराजित हुनुका कारण बारेमा पार्टीलाई प्रष्ट पारेका हुन् । यस्तै पार्टीबाट टिकट पाएपनि पराजित भएका नेताहरूले आ –आफ्नो धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु