मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पोलियो खोपको तयारी भइरहेको स्थानमा आत्मघाती हमला, ३ जनाको मृत्यु

बुधबार, १४ मङ्सिर २०७९, १२ : ४२
बुधबार, १४ मङ्सिर २०७९

इस्लामाबाद–पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका छन् ।

क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् ।

यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप