भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैले हटाउने जनाएको छ ।
संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य संरचना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी र्याम्प, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रायोजन पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटर केभिन पिटर्सन भन्छन्– खराब सहरको परिचय बनाउँदैछ लन्डन
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
हाम्रो नेपाली पार्टीका बज्राचार्यको शपथ आजै, मुख्यमन्त्रीसँग तीन सर्त
-
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : उपाधि एमेच्योर खेलाडी सदभावको पोल्टामा
-
सबै प्रदेशको सवारी करमा एकरुपता ल्याउन निर्देशन
-
कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला