सोसलिष्ट इन्टरनेशनको उपाध्यक्षमा नेपालका खगेन्द्र जिसी निर्वाचित

विश्वभरका समाजवादीहरूको साझा संस्था सोसलिष्ट इन्टरनेशनको उपाध्यक्षमा नेपालका खगेन्द्र जिसी निर्वाचित भएका छन् । स्पेनको म्याड्रियमामा यही नाबेम्बर २५ देखि २७ सम्म भएको सम्मेलनले जिसीलाई सर्वसम्मत निर्वाचित गरेको हो । जिसी नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्वअध्यक्षसमेत हुन् ।
जिसी उपाध्यक्षमा निर्वाचित भएसँगै सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्ष बन्ने तेस्रो नेपाली बनेका छन् । यसअघि कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उपाध्यक्ष निर्वाचित भएका थिए ।
सो सम्मेलनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उक्त सम्मेलनमा जिसीसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसहसंयोजक बेदप्रसाद खरेलले सहभागिता जनाएका थिए । खरेल कांग्रेसको पूर्वमहासमिति सदस्यसमेत हुन् ।
भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्न सोसलिष्ट इन्टरनेशनलमा ३६ उपाध्यक्ष हुने व्यवस्था गरिएको छ । महाधिवेशनका क्रममा जिसी र खरेलसँगको छलफलका क्रममा स्पेनका प्रधानमन्त्री सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको स्मरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड