सिंजा क्षेत्रका गाउँमा भेटिँदैनन् पुरुष

-गोल्डेन बुढा
प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव सकिएसँगै जुम्लाका गाउँमा पुरुषको संख्या घट्न थालेको छ । रोजगारी र अध्ययनका लागि भारत र ठुला सहरमा जानेको संख्या बढेसँगै गाउँमा पुरुषको संख्या घटेको हो । जुम्लाका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् । स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसा गर्नका लागि पुग्दो मात्रामा जमिन नभएकै कारण भारत जानुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।
रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवाहरू खेतिपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाका युवाहरु भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारका लागि जाने गरेका छन् ।
अहिले गाउँमा वृद्धवृद्धा, बालबालिका र महिलामात्रै देखिन्छन् । सिंजा क्षेत्रका गाउँ यतिबेला युवाविहीन भएका छन् । हरेक वर्ष कार्तिक, मंसिर, पुस र माघ महिनामा पुरुषहरू रोजगारी तथा व्यापारका लागि अन्यत्र जाने गर्दछन् ।
अर्काको ठाउँमा गएर मजदुरी गर्नु बाध्यता रहेको भन्दै सिंजा–६, जोडु गाउँका विज्ञान बुढाले आफ्नै ठाउँमा रोजगारी नभएकै कारण युवाहरू भारत जानु परेको बताए । उनका अनुसार चार्डपर्व, चुनाव र मेला लाग्ने बेला भरिभराउ भएका गाउँ यतिबेला सुनसान छन् । गाउँमा यति बेला बुढापाका, महिला र बालबालिकामात्रै छन् ।
गाउँमा कोही बिरामी पर्दासमेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने गरेको सिंजाका स्थानीयले बताए । कोही बिरामी भएमा गाउँकै महिला मिलेर बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
-
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने
-
गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
-
गण्डकीमा अधिकारी नेतृत्वको सरकार अल्पमतमा