पूर्वी नवलपरासीमा ३० हजार मत बदर

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८६ हजार छ सय ७० मत खसेकामा चार हजार एक सय तीन मत बदर भएका छन् ।
प्रदेशसभा तर्फ क्षेत्र नं १ (१) मा कूल खसेको मत ४१ हजार चार सय एकमध्ये एकहजार सात सय ४४ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १ (२) मा एक हजार सात सय ७७ मत बदर भएका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४५ हजार एक सय २९ मत खसेको थियो ।
त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकामा तीन हजार चार सय ६२ मत बदर भएका छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ (१) मा कूल खसेको मत ४२ हजार पाँच सय ९० मध्ये एक हजार तीन सय ३६ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १ (२) मा एक हजार दुई सय १४ मत बदर भएका हुन् ।
यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२ हजार चार सय ९६ मत खसेको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं १ मा ८७ हजार चार सय ९१ मत खसेकामा तीन हजार सात सय ८५ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८३ हजार छ सय ८६ मत खसेकामा तीन हजार चार सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए ।
त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं १ (१) मा कूल खसेको मत ४१ हजार दुई सय ३१ मा तीन हजार एक सय ६४ मत बदर भएका छन् भने क्षेत्र नं १(२) मा कूल खसेको मत ४५ हजार एक सय चारमा तीन हजार दुई सय १९ मत बदर भएका भुसालले बताउनुभयो । प्रदेशसभाको क्षेत्र नं २ (१) मा कूल खसेको मत ४२ हजार तीन सय ९७ मा एक हजार नौ सय ७८ मत र क्षेत्र नं २ (२) मा कूल खसेको मत ४२ हजार छ सय २८ मा एक हजार सात सय २२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिएका हुन् ।
धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले बताए । उनले भने, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।”
यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वी नवलपरासीमा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन प्रतिवादीको बयान लिइयो
-
नेपालको हितविपरीत कुनै सम्झौता नगर्न प्रधानमन्त्रीलाई नेकपा मालेको आग्रह
-
गल्फमा भारतलाई १४ स्ट्रोकले पछि पार्दै नेपालले जित्यो स्वर्ण
-
विद्युतीय व्यापार सम्झौतादेखि सीमानाकाका विषयसम्म उठाइने
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमणदेखि नागरिकता विधेयकबारे छलफल
-
कार्यसम्पादनमा कोशी प्रदेश अब्बल, कर्णालीलाई अनुदान बढी