शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

बुधबार, १४ मङ्सिर २०७९, १४ : ५३
बुधबार, १४ मङ्सिर २०७९

चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनको सरकारी मिडियाका अनुसार उनी ल्यूकेमिया (ब्लड क्यान्सर) द्वारा पीडित थिए । यसका कारण उनको शरीरका थुप्रै अंगले काम गर्न बन्द गरेको थियो । त्यहि रोगका कारण उनको बुधबार निधन भयो ।

जियाङ जेमिनलाई सन् १९८९ को तियानमेन स्क्वायरको विरोधपछि चीनको नेतृत्वका लागि छानिएको थियो । एनवाईटीको रिपोर्ट अनुसार सन् १९९३ मा सत्ता हासिल गरेपछि उनी करिब एक दशकसम्म चीनको सत्तामा रहिरहे । जियाङको निधन यस्तो समय भएको हो जब कोभिड प्रतिबन्धका कारण चीनका विभिन्न शहरमा भारी विरोध प्रदर्शन चलिरहेको छ । जियाङको शासनकालमा तियानमेन स्क्वायर विरोधपछि चीनमा कुनै ठूलो प्रदर्शन भएको छैन ।

जियाङलाई सधैँ एक मेहनेती नेताको रुपमा हेरियो । उनले बिस्तारै चीनको कम्युनिष्ट पार्टीम सफलता हासिल गरे । उनको नेतृत्वमा नै चीनको अर्थव्यवस्था बलियो भयो र कम्युनिष्टले सत्तामा पकड बनाएर विश्व शक्तिको सूचीमा आफ्नो स्थान बनाए ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप