दक्षिण कोरियामा विशेष शैक्षिक सम्मेलन सम्पन्न
दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था नेपाली विद्यार्थी समाज, कोरिया (सोनसिक) को शैक्षिक सम्मेलन सम्पन्न भएको छ । २६ र २७ नोभेम्बरमा सम्पन्न भएको दुई दिने विशेष शैक्षिक सम्मेलनमा विषय विज्ञबीच अन्तरक्रिया गरिएको थियो ।
सम्मेलनमा कोरिया तथा विदेशका विभिन्न संघ–संस्था तथा विश्वविद्यालयका वैज्ञानिक, अनुसन्धानकर्ता तथा विभिन्न विद्याका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सम्मेलनबाट विभिन्न विधाअनुसार छुट्टाछुट्टै शैक्षिक सत्र चलेका र सम्बन्धित विधाका वरिष्ठहरूलाई उक्त सत्रको नेतृत्व दिइएको सम्मेलनका संयोजक मनोज कुमारले बताए ।
हरेक विधामा हालसम्म भइरहेका विभिन्न अनुसन्धानलाई मौखिक तथा पोष्टर गरी ७० भन्दा बढी प्रस्तुति राखिएको थियो । उक्त सम्मेलनमार्फत कोरियामा रहेका विभिन्न विद्या र संकायका विषयविज्ञ तथा विद्यार्थीहरूबीच अन्तरक्रिया गराइएको सोनसिकका अध्यक्ष मनीष पाण्डेले जानकारी दिए । उक्त सम्मेलनमा इन्जिनियरिङ, आईटी, प्राकृतिक विज्ञान, मेडिकल, समाजशास्त्र लगायतका विषयका विद्यार्थी तथा विज्ञहरुबीच अन्तरक्रिया गरिएको थियो ।
कोरियाको थेगुस्थित खेम्यङ्ग युनिभर्सिटी अन्तर्गत आइएलआईपीएस (ILIPS) इन्स्टिच्युटको ५० औं वार्षिकोत्सवको अवसर सारेर संयुक्त रूपमा आयोजना गरिएको थियो । ‘एकेडेमियाको यात्राः विविध विधामा अनुसन्धानका समकालिन प्रवृतिहरूको अन्वेषण’ विषयक सम्मेलनमा अर्थशास्त्री प्रा.डा.विश्वम्भर प्याकुरेल, डा.अग्नि कोइराला, डा.सृजना ज्ञवाली र प्रा.डा.एन्जेलिटा क्रुजले आफ्नो धारणा राखेका थिए ।
ILIPS कि अध्यक्ष नयोङ आह वैज्ञानिक समितिका अध्यक्षहरू डा.अग्निराज कोइराला र डा. मधु सुदन अत्तरेय, वैज्ञानिक समितिका सदस्यहरू डा.इन्दिरा तिवारी, डा.प्रकाश देवकोटा, डा.केशव थापा, डा.सृजना ज्ञवाली, डा.रामहरि दाहाल, डा. प्रदीप अधिकारी र डा.गणश्याम ज्ञवाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सहायक प्राध्यापक डा.सिद्धार्थविक्रम पाण्डे र विक्रम खड्काले सहजीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी सार्वजनिक, के-के छन् विशेषता ?
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता