शुक्रबार, १३ माघ २०७९
ताजा लोकप्रिय

स्याङ्जामा मतगणना गर्न आयोगको निर्देशनपछि पद्मा अर्याल : राज्य निर्मम भएर म विरुद्ध लाग्यो

बुधबार, १४ मंसिर २०७९, १५ : ३८
बुधबार, १४ मंसिर २०७९

स्याङ्जा क्षेत्र नम्बर २ कि नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले राज्य आफू विरुद्ध निर्मम ढंगले लागेको दावी गरेकी छिन् । बुधबार निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना सुरु गर्न निर्देशन दिन निर्णय गरेपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी छन् । गत मंसिर ४ गते भएको निर्वाचनका दिन स्याङ्जा क्षेत्र नम्बर २ का केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले पुन मतदान गराउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।  

आयोगले मतगणना गर्न गरेको निर्णयप्रति आफ्नो असहमति रहेको उम्मेदवार अर्यालले बताइन् । उनले भनिन्– ‘निर्वाचन आयोग आँखामा पट्टी लगाएर इन्ट्रेष्ट राखेर गरेको निर्णय हो । तथ्य प्रमाणहरुले यो निर्वाचन बदरभाग्य छ । सरकारी हिसाबबाट प्रमाणित भएका कुराहरूलाई नलिइकन आग्रहपूर्वक भएको निर्णय अन्यायपूर्ण छ । मेरो जति मत छ त्यो त छँदैछ । मैले विधि प्रक्रियाका लागि आवाज उठाएको हुँ । लुटपाटबाट सांसद बन्ने मेरो इन्ट्रेस्ट पनि हैन । जनताको अभिमतबाट बनाउनुपर्छ भन्ने हो । अरु ठाउँमा हार्दै हार्दै गएपछि त्यो मतदान केन्द्रमा पुगेर बुथ क्याप्चर गरियो । यो लोकतन्त्रको उपहास हो ।’

उनले मतगणनास्थलमा बस्ने वा नबस्ने भन्ने कुरामा स्थानीय पार्टीले निर्णय गर्ने बताइन् । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ र एमाले उम्मेदवार अर्यालबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप