नेप्सेमा ३ अंकको गिरावट, कारोबार ८४ करोडमा झर्यो
बुधबार, १४ मंसिर २०७९, १६ : ०७

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन २.९९ अंकले बढेर १९५३ विन्दुमा अडिएको नेप्सेमा आज पुनः ३.५१ अंकले गिरावट आउँदै १९४९.८५ अंकमा झरेको हो ।
उसो त ३ अंकमाथिले घटेको बजारमा आज कारोबार रकम समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल ८४ करोड २६ लाख ९५ हजार रूपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ ।
आज माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका अन्य ११ उपसूचक ऋणात्मक भएका छन् । माइक्रोफाइनान्स समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने ट्रेडिङ समूहको उपसूचक पनि जम्मा ०.८८ प्रतिशतले मात्र बढेको छ । अन्य समूहको उपसूचक भने १ प्रतिशतले घटेका छन् ।