अब देशको गाडी हाँक्ने पालो हाम्रो हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको गाडी हाँक्ने पालो आफूहरूको भएको बताएका छन् । उर्वरा फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पुराना पुस्ताका नेताहरूलाई यहाँसम्म ल्याएकोमा धन्यवाद दिँदै युवाहरूले नेतृत्व गर्नुपर्ने बताए ।
‘मैले मेरो दलभित्र गर्न खोजेको त्यति मात्रै हो । तपाईंहरुले यहाँसम्म पुर्‍याइ दिनुभयो त्यसप्रति मेरो सम्मान छ । यो भन्दा अघि पनि गाडी हाँक्छु भन्नुभयो भने मेरो प्रश्न छ मेरो असन्तुष्टि छ,’ थापाले भने, ‘अब देशको गाडी तपाईंले होइन हामीले हाँक्ने हो । अब गाडी हाँक्ने पालो हाम्रो हो । अब हामीले चलाउँछौँ ।’
प्रत्येक युगको एउटा समय हुने बताउँदै थापाले अहिलेको युगमा आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने बताए । ‘हाम्रो समाजको सन्तुलन ठीकढंगले भेट्न सक्नुपर्छ । कहाँ चित्त बुझाउने ? कहाँ चित्त नबुझाउने हो ? चित्त बुझाउने ठाउँमा चित्त बुझाऊँ । चित्त नबुझाउने ठाउँमा नबुझाऊँ, प्रश्न गरौँ ?’ थापाले भने, ‘सबै कुरामा चित्त बुझायौ भने समाज अगाडि बढ्न सक्दैन । सबै कुरामा असन्तुष्टि मात्रै राखियो भने पनि अगाडि बढ्न सक्दैनौँ । यसमा हामीले सन्तुलन मिलाउनै पर्छ ।’ नेपालका पुराना नेतृत्वले अब नेपालको गाडी हाँक्न खोज्यो भने गति र गन्तव्य दुवैमा पुग्न नसकिने थापाले बताए । ‘उहाँहरू(पुराना नेताहरू)लाई आदर सम्मानपूर्वक भन्नुपर्छ त्यहाँसम्म पुर्याउनुभयो । धन्यवाद दिनुपर्छ’ थापाले भने, ‘तर फेरि पनि पुराना नेतृत्वले गाडी हाँक्न थाल्नुभयो भने हामीले असन्तोष व्यक्त गर्नै पर्छ । त्यसमा हामीले प्रश्न गर्नै पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड