रिफ्रेसमेन्टका लागि सुकुटे पुगे प्रचण्ड, र्याफ्टिङमा सरर....
बुधबार, १४ मंसिर २०७९, १७ : ०८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । बुधबार अध्यक्ष प्रचण्ड परिवार र पार्टीका नेताहरुसँगै सुकुटे पुगेका हुन् । निर्वाचनपछि उनी रिफ्रेसमेन्टका लागि त्यहाँ पुगेको बताइएको छ । बुधबार दिउँसो २ बजे त्यहाँ पुगेका प्रचण्ड बिहीबारमात्रै फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
प्रचण्डसँगै पूर्वसभामुख अग्नि सापकोटा, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका माधव सापकोटा, बागमती प्रदेश अध्यक्ष तथा सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्यमा विजयी भएका सरल सहयात्री सुकुटेमा रहेका छन् । यस्तै प्रचण्डका छोरीहरु गंगा र रेणुसहित एक दर्जन हाराहारीमा नेताहरु पनि प्रचण्डसँगै सुकुटेमा रहेको बताइएको छ । त्यहाँ पुगेर प्रचण्ड र्‍याफ्टिङ सयर समेत गरेको तस्बिर सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने