शाखारहित बैंकिङ्ग सेवा उपभोग गर्दा सचेत हुन राष्ट्र बैंकको ५ सुझाव

नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ्ग सेवामार्फत वित्तीय कारोबार गर्दासजग हुन आम सेवाग्राहीलाई सचेत गराएको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था भएपनि यस्तो सेवा जोखिम रहने भन्दै सेवाग्राहीलाई सचेत हुन आग्रह गरेको हो ।
जसका लागि बैँकले ५ वटा उपाय समेत सुल्झाएको छ ।
यस्तो छ राष्ट्र बैंकको सुझाव :
१.बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ ।
२.सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ ।
३.कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबार वमोजिम भए नभएको एकीन गर्नुपर्दछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत पनि आफूले गरेका कारोवारको एकिन गर्न सकिन्छ ।
४.शाखारहित बैंकिङ्ग कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरे बमोजिमको भए÷नभएको बेला बेलामा बैंक खातामार्फत् समेत एकिन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए नभएको तुरुन्त एकिन गर्नुपर्दछ ।
५.सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा बैंकको गुनासो सुन्ने हटलाइन वा वेभसाइटमार्फत जानकारी दिने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने
-
मधेस प्रदेशमा माओवादी असन्तुष्ट, सरकारमा गएन
-
‘उम्मेदवारको नागरिकताका विषयमा किन चुक्छ आयोग ?’ यसो भन्छन् प्रमुख निर्वाचन आयुक्त थपलिया
-
नेपाल–मलेसिया श्रमिक सहकार्य समझदारी परिमार्जन गर्ने सहमति
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? (सूचीसहित)
-
‘नेपाली गर्ल’ को माध्यमबाट ठगीधन्दा, बैंकको खाताको पैसा चोर्ने कार्यमा संलग्न ८ जना पक्राउ