सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टहरुसँग छुटको व्यवस्था

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने जनाइएको छ ।
बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक प्रा.लि., द पनाछें विउटी स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक प्रा.लि., यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रा.लि., तुसाल मल्टि भेन्यू प्रा.लि., अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रा.लि., भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरुसंग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड