रुपन्देहीमा काँग्रेसको पराजयपछि नेतृत्वले नैतिक रूपमा राजीनामा दिनुपर्ने माग

रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि जिल्लाको पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिई राजीनामा दिनुपर्ने माग भएको छ । सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शून्यमा झनुलाई जिल्ला नेतृत्वको अक्षमता भएको भन्दै एक समूहले नेतृत्वको कमजोरी भएको ठहर गरेको छ।
काँग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु परेकोले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । यसरी विज्ञप्ति जारी गर्नेमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, नेपाली काँग्रेस पूर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईँ लगायत रहेका छन् । पार्टीभित्र अन्तर्घात गरिएको भन्दै केही सञ्चार माध्यममा आफूहरूमाथि लगाइएको आरोपप्रति आपत्ति पनि जनाएका छन्।
गृहमन्त्री समेत रहेका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाणसमेत निर्वाचनमा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड