म्यादी प्रहरीलाई अपशब्द बोलेको आरोपमा युट्युवर नविन खड्का पक्राउ
निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर˗४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का उर्फ प्रतिकलाई पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।
प्रतिक खड्का नामको युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू ‘केटी हेर्न’ का लागि जाने गरेको भन्दै अपशब्द प्रयोग गरेका छन् । महिला म्यादी प्रहरीलाई उनले अपाच्य शब्दहरु प्रयोग गरेका छन् ।
युट्युवमार्फत आक्षेप र लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको एसएसपी अर्यालले बताए । मकवानपुरबाट पक्राउ गरेर खड्काविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने