मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, १४ मङ्सिर २०७९, १९ : ३९
बुधबार, १४ मङ्सिर २०७९

रुपन्देहीमा सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चन गाउँपालिका-५ बस्ने यमलाल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत रुपन्देहीको २०७८ पुस ८ गतेको फैसलाले  सवारी ज्यान मुद्दामा १ वर्ष कैद तथा २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप