रविश कुमारले दिए एनडीटीभीबाट राजीनामा

एनडीटीभीका पत्रकार रविश कुमारले राजीनामा दिएका छन् । एनडीटीभी समूहका अध्यक्ष सुपर्णा सिंहको तर्फबाट त्यहाँका कर्मचारीहरूलाई एउटा मेल पठाइएको थियो, जसमा लेखिएको थियो, ‘रविशले एनडीटीभीबाट राजीनामा दिएका छन् र कम्पनीले उनको राजीनामा तत्काल लागू गर्ने अनुरोध स्वीकार गरेको छ।’
आरआरपीआर होल्डिङ प्राइभेट लिमिटेडका निर्देशक प्रणय रोय र राधिका रोयले राजीनामा दिएको एक दिनपछि रविशको राजीनामा आएको हो । यो कम्पनी एनडीटीटी को प्रमोटर समूह हो।
त्यसको एक दिनअघि मात्रै आरआरपीआर होल्डिङ प्राइभेट लिमिटेडले आफ्नो इक्विटी शेयरको जानकारी दिएको थियो । जसमध्ये ९९.५ प्रतिशत इक्विटी शेयर विश्व प्रधान कमर्शियल प्राइभेट लिमिटेडको रहेको छ, जसलाई अडानी ग्रुपको मिडिया कम्पनी एएमजीमिडिया नेटवर्क्सले अधिग्रहण गरेको छ । योसँगै अब अडानी समूहको एनडीटीभीमा २९.१८ प्रतिशत हिस्सेदारी छ।
रविश कुमार आफ्नो कार्यक्रम ‘रविश की रिपोर्ट’ बाट प्रसिद्धिमा पुगे र पछि प्राइम टाइमको साथ एनडीटीभी भारतको मुख्य अनुहार बने। उनले रेमन म्यागसेसे अवार्ड पाएका छन् । उनी सरकारको आलोचनाका कारण बारम्बार चर्चामा आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्ति पार्टीले साथ छोड्दा पद धरापमा
-
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि