अफगानिस्तानको मदरसामा विष्फोट, कम्तीमा १५ जनाको मृत्यु, २७ घाइते
बुधबार, १४ मंसिर २०७९, २१ : ११

अफगानिस्तानको समंगन प्रान्तको ऐबाक सहरमा रहेको ‘जिहादिया’ नामक मदरसामा विष्फोट भएको खबर छ । अफगान समाचार च्यानल टोलो न्यूजले अस्पतालका अधिकारीहरूलाई उद्धृत गर्दै विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको र २७ जना घाइते भएको बताएको छ ।
केही स्थानीय सञ्चारमाध्यममा यस विष्फोटबाट भएको क्षतिको बारेमा फरक–फरक तथ्याङ्क दिइएको छ । स्थानीय अधिकारीहरूले सञ्चारमाध्यमलाई दिउँसोको प्रार्थनाको समयमा विस्फोट भएको बताएका छन् । हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।
विस्फोटको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले ठूलो सङ्ख्यामा मानिस घाइते भएको बीबीसीलाई बताए। स्थानीय अस्पतालका एक डाक्टरले एएफपी समाचार एजेन्सीलाई मृत्यु हुनेमा अधिकांश मदरसाका विद्यार्थी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने