चीन र रुसका सैन्य विमान हाम्रो वायु रक्षा क्षेत्रमा प्रवेश गर्यो : दक्षिण कोरिया

दक्षिण कोरियाको सेनाले बुधबार ६ रुसी र दुई चिनियाँ लडाकु विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ । जसका कारण उसले पनि आफ्नो लडाकु विमान त्यहाँ पठाएको दाबी गरेको हो ।
दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले चिनियाँ एच-6 बम वर्षकहरू बुधबार धेरै पटक कोरियाली वायु रक्षा पहिचान क्षेत्र भित्र पसेको र त्यहाँबाट बाहिरिएको बताए । उनका अनुसार केही घण्टापछि दुई वटा रुसी एसयू–३५ विमान चारवटा टीयू–९५ विमानसहित जापानको सागर भनिने पूर्वी सागरमा प्रवेश गरेका थिए ।
यसपछि सबै विमान युद्ध क्षेत्रभन्दा बाहिर गएको र कसैले पनि दक्षिण कोरियाको हवाई क्षेत्रको उल्लंघन नगरेको दक्षिण कोरियाले बताएको छ । एयर डिफेन्स आइडेन्टिफिकेशन जोन भनेको कुनै देशको हवाई सिमाना बाहिरको क्षेत्र हो र त्यहाँ त्यो देशले सुरक्षा कारणले यस क्षेत्रलाई नियन्त्रण गर्ने प्रयास गर्छ।
यद्यपि, अन्तर्राष्ट्रिय सन्धिमा यसलाई परिभाषित गरिएको छैन। दक्षिण कोरियाले भन्यो, ‘हाम्रो सेनाले आफ्नो सैन्य विमान कोरियाली एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा पठाएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?