सुरु भयो स्याङ्जा २ को मतगणना
बुधबार, १४ मंसिर २०७९, २२ : २७

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माले मतगणना सुरु गरिएको जानकारी दिए । सर्वदलीय बैठकबाट बुधबार राति ९ बजेबाट सुरु गर्ने भनिएपनि १० बजेपछि मतगणना सुरु गरिएको उनको भनाइ छ ।
उनले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रसहित समानुपातिकको मतगणना सम्पन्न गर्न करिब ७ दिन लाग्नसक्ने रातोपाटीलाई बताए । स्याङ्जा २ मा प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा छ । मतदानका क्रममा धाँधली भएको विषयमा विवाद हुँदा हालसम्म पनि स्याङ्जा २ मा मतगणना सुरु हुन सकेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
-
खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी
-
बागमतीमा ३ मन्त्रालय घट्दा वार्षिक २ करोड बढी रकम जोगिने
-
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
-
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
-
निधिको नेतृत्वमा देवशिला पुग्यो गोरखपुरमा, आज अयोध्या पुर्याइने