रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छन् ।
उनले भनिन्, “हामीले रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरेका छौं । साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौं ।”
अन्तराष्ट्रिय बजारमा बुधबार १ यूरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ । उनले भनिन्, “छोटो अवधिमा, युरोपेली सङ्घ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन् ।
उनले थपिन्, “हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ र सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ ।” उनले भनेकी छन्, “ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ, जसले रूसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग
-
विष्णु पौडेलको दावी : गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो
-
दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
-
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने
-
गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
-
गण्डकीमा अधिकारी नेतृत्वको सरकार अल्पमतमा