आईएफआईसी नविल बैंकबाट बाहिरिँदै, १ करोड ७७ लाख कित्ता सेयर विक्रीमा
बिहीबार, १५ मङ्सिर २०७९, ०६ : ५५
नविल बैंकको संस्थापक सेयरधनी इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्श (आईएफआईसी) बैंक नेपालबाट बाहिरिने भएको छ । तत्कालिन नेपाल बंगलादेश बैंकको संस्थापक सेयरधनी सो बैंक नविल बैंकमा मर्ज भएपछि नविल बैंकबाट पनि बाहिरिन लागेको हो ।
आइएफआईसीले नविल बैंकमा रहेको आफ्नो १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर विक्रीको लागि बैंक संचालक समितिमा निवेदन दिएको छ । आईसीएफसीले दिएको निवेदन अनुसार नविल बैंक संचालक समितिले उक्त सेयर विक्रीका लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।
पहिलो चरणमा सो सेयर विक्रीको अधिकार बैंकका अहिलेकै संचालकलाई हुनेछ भने संचालकले नकिनेमा अन्य लगानीकर्ताले सेयर किन्न पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु