शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

बिहीबार, १५ मङ्सिर २०७९, ०७ : १३
बिहीबार, १५ मङ्सिर २०७९

दोलखाका १० वटा मतदान केन्द्रमा आज  पुनः मतदान भएको छ । बुथ कब्जा भएको भन्दै विवाद हुँदा स्थगित भएको मतदान आज पुनः सुरु भएकाे हो ।  

बिहान ७ बजेदेखि सुरु भएकाे मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् । आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।

वैतेश्वर गाउँपालिका-६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’, वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप