शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

भूपू गोर्खाको मागबारे लन्डन दूतावासमा दोस्रो चरणको वार्ता सम्पन्न

विहीबार, १५ मंसिर २०७९, ०८ : २७
विहीबार, १५ मंसिर २०७९

भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा प्राविधिक स्तरको दोस्रो वार्ता सम्पन्न भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।

बैठकमा भूपू गोर्खाहरुको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको छ। 

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरुको विभिन्न पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यसअघि गत ३ नोभेम्बरमा बेलायती रक्षा मन्त्रालयमा रक्षाराज्यमन्त्री डा. एन्ड्रिउ मरिसन तथा संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङसमेतको सहभागितामा पहिलो वार्ता भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप