मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी युक्रेनका दुई बस्ती रुसको कब्जामा

बिहीबार, १५ मङ्सिर २०७९, ०९ : २३
बिहीबार, १५ मङ्सिर २०७९

युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । 

दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ । 

बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ ।  खेरसन र खार्किभबाट पछि हटेपछि केही हताश देखिएको रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धि प्राप्त गरेको छ ।

रुसी भाडाका सैनिकहरु र  भर्खर परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप