मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

बिहीबार, १५ मङ्सिर २०७९, १० : ०६
बिहीबार, १५ मङ्सिर २०७९

बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । 

निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।

आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको तर सबै दलको उपस्थिति नभएपछि बैठक ११ बजे बोलाएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले रातोपाटीलाई बताए ।

नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप