बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति

बिहीबार, १५ मङ्सिर २०७९, १० : ४१
बिहीबार, १५ मङ्सिर २०७९

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ ।

मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको शीर्ष स्थानमा ४ अंकसहित क्रोएसिया रहेको  छ । समान अङ्क भए पनि गोलअन्तरको आधारमा मोरक्को दोस्रो स्थानमा छ । ३ अङ्क बटुलेको बेल्जियम तेस्रो स्थानमा छ  भने अङ्कविहीन रहेको क्यानडा समूहको पुछारमा छ ।

आजको खेलमा बेल्जियम र क्रोएसिया तथा मोरक्को र क्यानडा भिड्दैछन् । बेल्जियमलाई अर्को चरणमा पुग्नका लागि क्रोएसियालाई हराउनै पर्ने बाध्यता रहेको छ । उता क्रोएसियाले भने बेल्जियमसँग बराबरी गरे पनि अर्को चरणमा प्रवेश पाउनेछ । समूहको शीर्ष स्थानमा रहन उसले बेल्जियमलाई हराउनुपर्नेछ । उता, मोरक्कोले क्यानडालाई हराएको खण्डमा शीर्ष स्थानको फैसला गोलअन्तरले गर्नेछ ।

मोरक्कोले क्यानडालाई हराए वा बराबरी गरे उसले स्वतः अर्को चरणमा स्थान बनाउनेछ । हारेको खण्डमा पनि उसको अर्को चरणमा पुग्ने सम्भावना बाँकी रहन्छ । तर, त्यसका लागि क्रोएसियाले बेल्जिमलाई रोक्नुपर्ने हुन्छ । क्यानडा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप