विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

सुनसरी ४ को मतगणना अन्तिम चरणमा, सञ्चारमन्त्री कार्कीलाई ४१ मतको अग्रता

विहीबार, १५ मंसिर २०७९, १० : ४६
विहीबार, १५ मंसिर २०७९

 सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् । कोशी गाउँपालिकाको ६ नं. वडाको मतगणनामा कार्की एमालेका उम्मेदवार जगदीश कुसियतभन्दा ८२ मतले पछि परेकोमा बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि अग्रता लिएका हुन् ।

पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा कुसियैतले ३०१७३ मत पाएका छन् । अब सो वडाको ५५८ मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप