बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

अमेरिका : समलिङ्गी र अन्तरजातीय विवाहलाई कानुनी संरक्षण, ऐतिहासिक विधेयक सिनेटबाट पारित

विहीबार, १५ मंसिर २०७९, ११ : ०१
विहीबार, १५ मंसिर २०७९

अमेरिकी संसदको उच्च सदन सिनेटले समलैङ्गिक र अन्तरजातीय विवाहको कानुनी संरक्षणका लागि एक ऐतिहासिक विधेयक पास गरेको छ ।

यो विधेयक अब अमेरिकी संसदको प्रतिनिधि सभामा जानेछ जहाँबाट यो पास हुने आशा जताइँदै छ । त्यसपछि यो विधेयक अमेरिकी राष्ट्रपति समक्ष जानेछ ।

विधेयक समर्थकले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण हुनु अघि यो विधेयक पास हुने आशा राखेका छन् ।

हालै भएको अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल भएको छ । यस्तै सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत कायमै छ ।

यो विधेयक अन्तर्गत अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई कानुनी दर्जा दिने बाध्यता छैन ।

सर्वोच्च अदालतले गर्भपतनको संघीय अधिकार खारेज गरेको फैसलापछि यो विधेयक पारित गर्ने प्रयास सुरु भएको हो ।

एलजीबीटी अधिकारका समर्थकले समलिङ्गी विवाहसँग सम्बन्धित कानुन आगामी दिनमा खतरामा पर्न सक्ने विश्वास गर्छन् ।

मंगलबार यो विधेयक ३६ विरुद्ध ६१ मतले पारित भएको थियो । जसमध्ये १२ रिपब्लिकन सिनेट सदस्यहरुले यस विधेयकको पक्षमा मतदान गरे ।

धार्मिक स्वतन्त्रतासँग सम्बन्धित प्रावधान थपेपछि रिपब्लिकन पार्टीका केही सिनेट सदस्यहरुले यो विधेयकलाई समर्थन गरेका छन् ।

‘समानताको दायरा बढाउने दिशामा उठाइएको कदम’

यो विधेयकको उद्देश्य समलैङ्गिक विवाहको अधिकारलाई संघीय कानुनमार्फत् सुरक्षा दिनु हो । यद्यपि, सर्वोच्च अदालतको एक निर्णय अन्तर्गत पूरा अमेरिकामा यस्तो खालको सम्बन्धलाई पहिले नै संरक्षण पाएको छ ।

अमेरिकी सिनेटका नेता चक सुमरले यो समाजमा समानताको दायरा बढाउने दिशामा उठाइएको एक महत्वपूर्ण कदम भएको बताएका छन् ।

उनले भने, ‘यो विधेयकलाई स्वीकार गरेर सिनेटले एउटा यस्तो सन्देश दिइरहेको छ जुन प्रत्येक अमेरिकी नागरिकले सुन्न आवश्यक छ – तपाईं को हो र कोसँग प्रेम गर्नुहुन्छ भन्ने कुरा यहाँ महत्वपूर्ण होइन, तपाईं कानुन अन्तर्गत सम्मान र समान व्यवहारका अधिकारी हुनुहुन्छ ।’

यो विधेयक पेश गर्ने डेमोक्रेटिक पार्टीकी सिनेटर टेमरी बाल्डविन हुन् जसले सार्वजनिक रुपमा आफू समलिङ्गी भएको स्वीकार गरेका छन् ।

बाल्डबिनका अनुसार यो विधेयकले अमेरिकामा विवाह गर्ने समानताको अधिकार हासिल गर्ने दिशामा जुन प्रगति भएको छ, त्यसको रक्षा गर्नेछ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप