एकैदिन ४० रूपैयाँले बढ्यो चाँदी, सुनको मूल्य कति ?
विहीबार, १५ मंसिर २०७९, ११ : १२

आज नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ थियो । हिजो बुधबार सुनको भाउ तोलामा २०० रूपैयाँले बढेको थियो ।
मंगलबार छापावाल सुन तोलामा ९७ हजार ४०० र तेजाबी सुन तोलामा ९६ हजार ९०० रूपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य एकैदिन ह्वात्तै बढेको छ । हिजो तोलामा १२ सय ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्का : कांग्रेसको नेतृत्वमा नयाँ सरकार
-
टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
-
एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो
-
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
-
एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता