२० अर्ब रूपैयाँ तरलता बजार पठाउँदै राष्ट्र बैंक
विहीबार, १५ मंसिर २०७९, ११ : १५

नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रूपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले मंसिर १५ गतेदेखि मंसिर २९ गतेसम्म कुल १४ दिनका लागि रिपोमार्फत दुई सय करोड अर्थात् २० अर्ब रूपैयाँ पठाउने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म तरलता सुविधाका लागि राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् ।
सार्वजनिक बोलकबोलमार्फत जारी गरिने रिपोका लागि न्यूनतम् १० करोड रुपैयाँदेखि ५ ले भाग लाग्ने अंकसम्मका लागि दरखास्त दिन सकिने बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारमा तरलता अभावका बेला रिपोमार्फत अल्पकालीन सापटिका रुपमा पैसा प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएका बेला रिभर्सरिपोमार्फत तरलता लिने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल
-
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन
-
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि
-
माओवादी केन्द्रीय समिति बैठकमा ३ सय सदस्य उपस्थित
-
सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्का : कांग्रेसको नेतृत्वमा नयाँ सरकार