११२ मतान्तरले सञ्चारमन्त्री कार्की विजयी
विहीबार, १५ मंसिर २०७९, ११ : २५
नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।
कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका कार्की विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय थिए । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा