बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्यनको ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुने

बिहीबार, १५ मङ्सिर २०७९, ११ : ३०
बिहीबार, १५ मङ्सिर २०७९

बलिउड निर्देशक विशाल देसाईको निर्देशन रहने फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्मस्का प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन् । पावनी फिल्मसले विश्वभर फिल्म रिलिज गर्दै आएको छ । 

पावनी फिल्मका प्रबन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाली फिल्मको मेकिङ अनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ । 

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनीको पनि अभिनय रहनेछ ।  फिल्मका निर्माता पुस्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय हुन् ।

नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । ​ लभस्टोरी कथामा पूर्ण कमर्शियल बन्ने दाबी गरिएको फिल्म नयाँ वर्ष सन् २०२३ मा रिलिज हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप