गैँडाकोट नगरपालिकाका सुत्केरीलाई रु पाँच हजार भत्ता

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।
नगरपालिकाको आव २०७९-८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिइन् । नगरप्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्तरुपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्।
नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार मङ्गलबार र बुधबार दुई दिनमा ३१ सुत्केरीलाई भत्ता वितरण गरिएको छ । नगरभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा भत्ता वितरण गर्ने गरिएको पौडेल बताउँछन् । नगरपालिकामा गैँडाकोट नगर अस्पताल र गैँडाकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।
त्यस्तै नगरपालिकाले विकट वडा मानिएका वडा नं ३ र १८ का गर्भवतीका लागि ‘नगर अस्पताल आमा घर’समेत सञ्चालन गरेको छ । आमा घरमा गर्भवतीलाई स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !
-
अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल
-
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन
-
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि