शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको केही घण्टापछि नै गायकको मृत्यु, श्रीमती स्तब्ध

बिहीबार, १५ मङ्सिर २०७९, १२ : ०९
बिहीबार, १५ मङ्सिर २०७९

हलिउडका चर्चित कन्ट्री सिंगर जेक फ्लिंटको निधन भएको छ । उनले २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही घण्टापछि उनको निदाइरहेकै बेला निधन भयो । गायकको अचानक निधनले उनकी श्रीमती ब्रेन्डा, उनको परिवार र आफन्त स्तब्ध छन् । जेक ३७ वर्षका थिए । उनको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।

स्तब्ध छिन् जेककी श्रीमती

जेक फ्लिंट ओक्लहोमामा बस्थे । गायकका पब्लिस्स्टि क्लिफ डायलले यो खबर पुुष्टि गरेका हुन् । उनले दिएको जानकारी अनुसार २६ नोभेम्बर शनिबार ब्रेन्डासँग विवाह गरेको केही घण्टापछि जेक फ्लिंटको निधन भएको थियो । जेककी श्रीमती ब्रेंडाको हालत निकै खराब छ । उनले श्रीमानको मृत्युबारे सोसल मिडिषमा एउटा पोस्ट पनि सेयर गरेकी छिन् ।

ब्रेंडा फ्लिंटले फेसबुकमा लेखिन्, ‘हामीले अहिले हाम्रो विवाहको तस्बिर हेर्नुपर्ने थियो तर यतिबेला मैले आफ्नो श्रीमानलाई कुन कपडामा अन्त्येष्टि गर्ने भनेर सोच्नु परिरहेको छ । मानिसहरुले यस्तो दुःख पाउनु हुँदैन । मेरो मुटु मबाट चुँडियो र मलाई उनको आवश्यकता छ । म चाहन्छु, उनी फिर्ता होउन् । मैले यो सहन सकिरहेको छैन । मलाई उनी यहाँ चाहिन्छ ।’

पब्लिसिस्टले यसो भने

इन्टरटेनमेन्ट टुनाइटसँग कुरा गर्दै क्लिफ डायलले भने, ‘जेक फ्लिंट ओक्लहोमाको रेड डर्ट म्युजिक सिनका एम्बेसडर थिए । उनी एक उत्कृष्ट गायक, रेकर्डिङ आर्टिस्ट र डिमान्डमा पर्ने लाइभ परफर्मर थिए । उनको दयालु स्वभाव र मानवताको प्रमाण यो हो कि उनी अन्य कलाकारलाई सधैँ समर्थन गर्दथे । जसलाई आवश्यक पर्दथ्यो उनीहरुलाई सहयोग गर्न सधैँ अघि बढ्थे । उनको प्यारो मुस्कान र ठट्यौली पारालाई धेरैले मन पराउँथे । म मान्छु कि उनको सङ्गीतका साथै उनको लेगेसी पनि सधैँ स्थापित रहनेछ ।’

जेक फ्लिंटकी साथी र पूर्व म्यानेजर ब्रेन्डा क्लाइनले पनि उनको निधनमा शोक जताएकी छिन् । ब्रेन्डाका अनुसार फ्लिंट उनको छोराजस्तै थिए । यस्ता गायकको निधन एउटा निकै ठूलो त्रासदी भएको उनले बताएकी छिन् । साथै उनले जेक फ्लिंटका परिवार र साथीहरुका लागि समवेदना व्यक्त गरेकी छिन् ।

जेक फ्लिंटले सन् २०१६ मा आफ्नो गायन सुरु गरेका थिए । उनको पहिलो एल्बमको नाम ‘आइ एम नट ओके’ थियो । सन् २०२० मा उनको दोस्रो एल्बम रिलिज भयो जसलाई उनले आफ्नो नाममा राखेका थिए । उनका गीत फायरलाइन, ह्वाट्स योर नेम निकै चर्चित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप