अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा
विहीबार, १५ मंसिर २०७९, १२ : १२
१

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।
“अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।”
अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको बताए। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।
“हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन”, उनले भने, “जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु
-
बढ्दो छ बैंकिङ कसूरका घटना
-
वर्षौँदेखि खुला आकाशमा रात बिताउँदै बीजमायाको परिवार
-
फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद