शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : मंसिरभित्र सबै मन्त्रालय राजधानीमा सारिने

बिहीबार, १५ मङ्सिर २०७९, १२ : २४
बिहीबार, १५ मङ्सिर २०७९

लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेकाले निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरु राजधानीमा लैजाने तयारी सरकारले गरिरहेको बताए । 

उनले भने–‘ पूर्वाधार व्यवस्थापनको कामसहित सरकारले अस्थायी मुकाममा अवस्थित सबै मन्त्रालयहरू स्थायी राजधानी स्थानान्तरण गर्ने तयारी गरिरहेका छौँ । ’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप