कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा संयुक्त सरकार निर्माण गर्ने बताएका छन् ।
विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे ।
नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए । उनले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताए ।
नेता डा कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा धन्यवाद समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मादी गाउँपालिका केन्द्र हेरफेरविरुद्धको रिट खारेज
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने