इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो
इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ ।
यहाँको अस्पतालहरुको संस्था तथा यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले यस्तो सङ्ख्या बढेको देखाएका हुन् । ती निकायकाअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल भर्ना दर बढेको देखिएको हो ।
यहाँका मानिसहरु अस्पतालको पनि आइसियुमा भर्ना हुने गरेका छन् । यो सङ्ख्या पनि अघिल्लो हप्ताका तुलनामा नौ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अस्पतालहरुमा यसरी बृद्धि भएका सङ्क्रमितहरुमध्ये खोप नलगाएका मानिस धेरै रहेका छन् । कोभिडको खोप लगाएका व्यक्तिका तुलनामा नलगाएका मानिस धेरै अस्पताल भर्ना भएका पाइएको र यो सङ्ख्या ३० प्रतिशत रहेको छ ।
यहाँ कोभिडको खोप लगाएका नागरिकभन्दा खोप नलगाएका नागरिक अस्पताल भर्ना हुने दर ३० प्रतिशत रहेको देखिएको ती स्वास्थ्य संस्था तथा अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा