सलोनको विवाह पार्टीमा सेलिब्रेटीको लर्काे (तस्बिरसहित)
गत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेतले विवाह पार्टी भने बुधबार दिएका छन् । काठमाडौंको होटल हायात प्यालेसमा दिएको पार्टीमा थुप्रै सेलिब्रेटीको सहभागिता रहेको थियो ।
पार्टीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेमिका जिया केसीसँग पुगेका थिए । अभिनेत्री रेखा थापा पति बलराम शाही, अभिनेत्री नीता ढुङ्गाना पति हरिहर अधिकारी र वर्षा राउत पति संजोग कोइरालाको साथ पुगेका थिए ।
पार्टीमा कलाकार नीर शाह, रविन्द्र खड्का, दीपकराज गिरी, उत्तम केसी, निर्मल शर्मा, दीपाश्री निरौला, सिलनमान बानिया, केदार घिमिरे, आकाश श्रेष्ठ, रोहित रुम्बा, अभिनेत्री उपासना सिंह ठकुरी, मल्लिका महत, पुजा शर्मा लगायत थुप्रै सेलिब्रेटी सलोन दम्पतीलाई शुभकामना दिन पुगेका थिए ।
रंग पत्रकारको समेत बाक्लो उपस्थिति रहेको विवाह पार्टीमा सलोनको बहिनी सलिना बस्नेतले एउटा गीतमा नृत्य समेत गरेर देखाएकी थिइन् । बहिनी सलिना नाच्दा सलोनको आँखा आँसु रसाएका थिए । आँसुको बिषयमा मिडियाको प्रश्नमा सालोनले बहिनीले आफुलाई धेरै रुवाएको बताए ।
उक्त अवसरमा सलोनले आफूमा रहेको केही अपूर्ण कुराहरु करिश्मासँगको विवाहपछि पुरा भएको बताए । करिश्माको विवाहले आफुलाई धेरै खुसी बनाएको बताइन् ।
विवाहमा शुभकामना दिए सहभागी कलाकारले, के के भने ? (भिडियो)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता
-
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने
-
पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती