जियासँग विवाहको विषयमा भुवनले के भने ?
केही अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने बताएका थिए । तर अहिले भने भुवनले जियासँग विवाह समयले बताउने बताए । बुधबार भुवन प्रेमिका जीयासँग अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका थिए ।
सो क्रममा मिडियाकर्मीले भूवनलाई जीयासँग कहिले विवाह गर्ने ? प्रश्न राखे । जवाफमा भुवनले समय आएपछि भन्दै तर्किए । उनले भने, ‘आज हामी छोरा सलोन बस्नेतको बिहेमा आएका छौं । यसैले यहि विहेलाई नै सेलिब्रेट गरौं होला ।’
भुवनसँग मिडियाकर्मीले छोरा अनमोलको विवाहको बिषयमा पनि प्रश्न राखेका थिए । जवाफमा भुवनले भने, ‘यो प्रश्न अनमोललाई नै सोध्नु ।’ भुवन र जिया करिब एक दशकदेखि लिभिङ टूगेदरमा छन् । कुनै समय एक अर्कासँगको सम्बन्ध लुकाउने भुवन र जिया विगत केही समयदेखि भने खुलेरै प्रेमलाई व्यक्त गर्न थालेका छन् । उनीहरु एक अर्काेसँग अहिले सार्वजनिक कार्यक्रममा देखिन थालेको पनि धेरै भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
-
साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
-
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा
-
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो
-
नियुक्त भएको २८ दिनमा मधेस प्रदेशमा मुख्यमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता