शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४४ मध्ये १७ सिटमात्र जितेको माओवादीलाई एमालेबाहेक क–कसले हराए ? (सूचीसहित)

बिहीबार, १५ मङ्सिर २०७९, १५ : १२
बिहीबार, १५ मङ्सिर २०७९

मंसिर ४ को निर्वाचन नतिजा अन्तिम चरणमा पुगेसँगै चुनावी परिणामलाई लिएर दलहरुमा लेखाजोखा सुरु भएको छ । प्रमुख राजनीतिक दलहरुका लागि अस्तित्वको लडाई बनेको यो निर्वाचनमा एमाले नेतृत्वको गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भयो ।

एमालेले जसपा र राप्रपा लगायतसँग चुनावी गठबन्धन गरेको थियो भने कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा रहेका थिए । गठबन्धन नै बनाएर चुनावी मोर्चामा उत्रँदा पनि कतिपय दलहरुले पूर्वानुमान गरेअनुरुप नतिजा हात लगाउन सकेन्न । त्यसमध्ये एक दल हो– नेकपा माओवादी केन्द्र । यो पार्टीले २०७४ को निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नै ३६ सिट जितेकोमा यो पटक १७ मा सीमित बन्यो ।

त्यसो त उसले यो पटक उम्मेदवारी पनि थोरै सिटमा दिएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनसहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फ जम्मा ४४ सिटमा उम्मेदवारी दिएको यो पार्टीले १७ सिटमा जित निकाल्दा २६ स्थानमा पराजय भोग्नु परेको छ । जवकी उम्मेदवारी दर्ता गर्दा कम्तिमा ३५ सिट माओवादी उम्मेदवारले जित्ने अपेक्षा गरिएको थियो । तर, अपेक्षाविपरित नतिजा आएपछि माओवादी केन्द्रलाई हराउन कुन कुन पार्टीको भूमिकाले काम गर्‍यो त भनेर निर्वाचन परिणाम केलाउने प्रयास गरिएको छ । 

निर्वाचन आयोगको परिणाम हेर्दा माओवादीले ४४ स्थानमा आफ्ना उम्मेदवार उठाएकोमा १७ स्थानमा जितेको छ । पराजित भएका २६ क्षेत्रमध्ये १२ स्थानमा एमालेका उम्मेदवारहरु प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् । अर्थात माओवादीका उम्मेदवार हारेका १२ स्थानमा एमालेका उम्मेदवार जितेको पाइएको छ । बाँकी १५ स्थानमध्ये केहीमा राप्रपा, केहीमा रास्वपा, केहीमा नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र उम्मेदवारले माओवादी उम्मेदवारलाई हराउने भूमिकामा देखिएका छन् ।

माओवादीलाई एमालेले कहाँ-कहाँ हरायो ?

१.नरेन्द्र साह कलवार, सर्लाही ३- हरिप्रसाद उप्रेती  (विजयी)

२.नरेन्द्र बहादुर कुँवर, बैतडी- ददामोदर भण्डारी (विजयी)

३. देव गुरुङ, लमजुङ- पृथ्वी सुव्वा गुरुङ (विजयी)

४.विश्वनाथ साह, सिराहा ३- लिलानाथ श्रेष्ठ (विजयी)

५.गिरीराजमणि पोखरेल, महोत्तरी १- लक्ष्मी महतो कोइरी (विजयी)

६.खेलप्रसाद बुडाक्षेत्री, ताप्लेजुङ- योगेश भट्टराई  (विजयी)

७.महेशजंग गहतराज, बाँके १- सूर्यप्रसाद ढकाल (विजयी)

८.बीना मगर, कञ्चनपुर १ः तारा लामा तामाङ (विजयी)

९. चक्रपाणी खनाल, कपिलबस्तु १- बलराम अधिकारी (विजयी)

१०.रामजी बराल, कास्की ३- दामोदर पौडेल (विजयी)

११. हरिकुमार रानामगर, झापा २- देवराज घिमिरे (विजयी)

१२. कल्पना धमला, काठमाडौ ९- कृष्णगोपाल श्रेष्ठ (विजयी)

रास्वपासँग माओवादी पराजित क्षेत्र 

१३. ओनसरी घर्ती, काठमाडौ २- सोविता गौतम (विजयी)

१४. पम्फा भुसाल, ललितपुर ३- तोसिमा कार्की (विजयी)

१५. मानुषी यमी भट्टराई, काठमाडौ ७- गणेश पराजुली (विजयी)

जसपाले हराएका क्षेत्र

१६.शिवचन्द्रप्रसाद कुशवाह, बारा २- रामसहायप्रसाद यादव  (विजयी)

१७.मुक्सामहाङ सुव्वा, सुनसरी १- अशोककुमार राई (विजयी)

१८. मात्रिका यादव, धनुषा १- दीपक कार्की (विजयी)

नागरिक उन्मुक्तिले हराएका क्षेत्र

१९.भगतबहादुर बढुवाल, कैलाली २- अरुनकुमार चौधरी  (विजयी)

२०.कृष्णकुमार चौधरी, कैलाली ३- गंगाराम चौधरी (विजयी)

राप्रपाले हराएका क्षेत्र

२१. गोमा गौतम कुँवर, जुम्ला- ज्ञानेन्द्र शाही (विजयी)

२२.भोजराज अधिकारी, चितवन ३- विक्रम पाण्डे (विजयी)

नेमकिपाले हराएका क्षेत्र

२३.सुनिल गोठे भाक्तपुर, १- प्रेम सुवाल (विजयी)

कांग्रेसले हराएका क्षेत्र (जहाँ गठबन्धन थिए)

२४. अञ्जना विशंखे, काठमाडौ १०- राजन केसी (विजयी)

स्वतन्त्रले हराएका क्षेत्र

२५.सुरेश पन्थ, बर्दिया २- लालवीर चौधरी (विजयी)

२६.शिवकुमार मण्डल (केवट) मोरङ ५- योगेन्द्र मण्डल (विजयी)

२७. (दोलखामा मंसिर १५ मा मतदान भइरहेको छ । यहाँ माओवादीका गंगा कार्की माओवादीका उम्मेदवार रहेका छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप