गायक सुनीलले गरे अञ्जुसँग विवाह
लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले प्रेीमका अञ्जु आचार्यसँग जर्मनीमा कोट म्यारिज गरेका हुन् । उदयपुर कटारीकी अञ्जु पछिल्लो समय जर्मन बस्दै आएकी छन् । सुनील र अञ्जु विगत ९ वर्षदेखि प्रेममा रहेका थिए । सोही प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
‘कार्यक्रमको सिलसिलामा केही अगाडि जर्मन पुगेको थिए । सो समय त्यही विवाह गरेका हौ’, सुनीलले भने ‘नेपाली परम्परा अनुसारविवाह गर्न बाँकी छ । त्यो पनि छिट्टै गर्छाै ।’ सुनीलले बिहीबार ‘भाग्यमानी’ बोलको आफ्नो नयाँ गीत समेत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा गीतसँगै आफुले अञ्जुसँग विवाह गरेको जानकारी समेत दिएका छन् ।
‘भाग्यमानी’ बोलको सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आंगालोमा हामी सम्झाउन मनछ । तिमी घरको इज्जत हो अब । खुसीले सीमा नाघेर आयो । लगनकोगाँठो बाधियो जब । ह्यापी म्यारिज लाइफ डियर वाइफ अञ्जु आचार्य ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण