पर्यटक आगमन ५५ प्रतिशतले बढ्यो, ११ महिनामा ५ लाख ४६ हजार विदेशी भित्रिए
११ महिनामा झन्डै साढे ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी १ देखि नोभेम्बर ३० सम्ममा विभिन्न देशबाट कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यद्यपि, यो संख्या हवाईमार्ग हुँदै आउने पर्यटकहरूको मात्र हो । यता स्थलमार्ग (सडक मार्ग) हुँदै आउने पर्यटकको संख्या यसको तीन गुणा बढी हुने गरेको बोर्डको भनाइ छ । कोभिड–१९ को प्रभावका कारण सन् २०२० र २१ मा पर्यटक आगमन खासै हुन सकेको थिएन । कोभिड–१९ को प्रभाव कम भएसँगै सन् २०२२ मा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको बोर्डले जनाएको छ ।
उसो त सन् २०२२ को नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ । जुन सन् २०१९ को तुलनामा ५५.७६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको बोर्डको भनाइ छ ।
सन् २०१९ मा जम्मा १ लाख ३० हजार ३०२ जना मात्र विदेशी पर्यटक नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान