क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

क्यालिब्रेसन उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बिहिबार ११ बजेदेखी नागरिक उड्डयन प्राधिकरणले क्यालिब्र्रेसन उडान सञ्चालन गरेको थियो । मध्यान्ह १ बजे क्यालिब्र्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ ।
क्यालिब्रेशनका कारण आधा घण्टादेखि ४५ मिनेटसम्म उडान र अवतरण प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । उडान अवधिभर विमानस्थल प्रभावित भएको थियो । ‘विहान मौसमका कारण उडान, अवतरण प्रभावित भयो’ प्रवक्ता सिटौला भन्छन्– ‘केही उडान ४५ मिनेटसम्म प्रभावित भएका छन् ।’
थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले क्यालिब्रेसन उडान सम्पन्न गरेको छ । क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडिन उपकरणले काम गरे नगरेको परीक्षण गर्छ । क्यालिब्रेसन उडानमार्फत लोकलाइजर सिंग्नल ठिक छ वा छैन भनेर परीक्षण गरिएको प्रवक्ता सिटौलाले जानकारी दिए । बिहीबार अन्तर्राष्ट्रिय तर्फ ७९ र आन्तरिकतर्फ २ सय ९६ वटा उडान र अवतरण हुने सेड्युल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
-
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
-
निधिको नेतृत्वमा देवशिला पुग्यो गोरखपुरमा, आज अयोध्या पुर्याइने
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
विमान दुर्घटनाको पराकम्प : पोखरामा ५० प्रतिशत यात्रु घटे, अन्तर्राष्ट्रिय उडान अनिश्चित
-
वैदेशिक ऋण तिर्न अपुग, २० प्रतिशत बजेट कटौती