मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलबाट पुरुषमा क्यान्सरको जोखिम ?

बिहीबार, १५ मङ्सिर २०७९, १६ : ४६
बिहीबार, १५ मङ्सिर २०७९

टिमो बाउमगार्टेल (युनियन बर्लिन) र मार्को रिष्टर (हेर्था बर्लिन) को स्वास्थ्य स्थितिमा सुधार आएको छ र  मैदानमा फर्किएका छन् । तर बोरुसिया डर्टमुन्डका सेबास्टियन हलर र हेर्था बर्लिन टोलीका जीन पल बोएटियसको उपचार भइरहेको छ । हलरको दोस्रो शल्यक्रिया पनि भइसकेको छ । अण्डकोषको क्यान्सरका यी चार घटना संयोग मात्रै हुन्  वा यो रोगको व्यावसायिक फुटबलसँग कुनै सम्बन्ध छ ?

खेलकुद चिकित्सक विल्हेम ब्लोचले डीडब्ल्यूलाई भने, ‘यो संयोग पनि हुन सक्छ ।’

ब्लोच एक खेलकुद चिकित्सक हुन् र धेरै वर्षदेखि खेलकुद र क्यान्सरमाथि अनुसन्धान गरिरहेका छन् । उनी जर्मन खेलकुद विश्वविद्यालय कोलोनमा कार्यरत छन् । उनले भने, ‘धेरै वैज्ञानिक अध्ययनले ट्युमर जस्तो डल्लो देखाउँदैन । यसका अनुसार अण्डकोषीय क्यान्सर धेरैजसो युवा पुरुषमा हुन्छ ।’

खेलकुद चिकित्सक विल्हेम ब्लोच

फुटबलदेखि साइकलसम्म

जर्मनीमा हरेक वर्ष अण्डकोषको क्यान्सरका करिब ४,००० केसहरू हुन्छन्, यो रोग २०–४० वर्षका पुरुषहरूमा बढी हुन्छ । ब्लोच भन्छन्, ‘यो रोग युवा खेलाडीहरूमा मात्र बढी देखिन्छ भन्ने अहिले कुनै वैज्ञानिक प्रमाण छैन ।’

यसका साथै अन्य कारणहरू पनि छन्, जस्तै ६ फिटभन्दा अग्लो युवा पुरुषहरूमा अण्डकोषको क्यान्सरको जोखिम बढी हुन्छ । ‘यसको सम्बन्ध यसको वृद्धि र मांसपेशीसँग हुनसक्छ ।’

यसबाहेक पुरुषको आफ्नै हर्मोन वा बाहिरबाट लिएको हर्मोनका कारण पनि यो रोग लाग्न सक्छ । तर, ब्लोचका अनुसार अण्डकोषको क्यान्सर हुनुको खास कारण अहिलेसम्म पत्ता लागेको छैन ।

खेलकुद र रोग बीचको सम्भावित सम्बन्धको खोजीमा साइक्लिङलाई पनि हेरिएको छ ।

‘साइकलको सिटमा बस्दा वास्तवमा अण्डकोषमा स्थायी तनाव हुन्छ, जसले सूक्ष्म चोटपटक निम्त्याउन सक्छ । तर साइकल चलाउँदा पनि अण्डकोषमा कुनै फोका देखिएको छैन,’ ब्लोच भन्छन् ।

विभिन्न कारण

ब्लोचका अनुसार अन्य कारण विभिन्न कारण पनि बढी ध्यान आकर्षित गर्ने खालका छन् ।

उनी भन्छन्, ‘केही हदसम्म, शरीरको तापक्रम पनि एउटा कारक हो । खेलाडीहरुको शरीरको तापक्रम यति धेरै हुन्छ कि जुन धेरैजसो मानिसमा हुँदैन ।’

ब्लोच थप्छन्, ‘अत्यधिक व्यायामले हर्मोनको सन्तुलन पनि बदल्छ र युवाहरूमा रोग बढ्ने वंशानुगत कारण पनि हुन्छ । वैज्ञानिकले यो रोगबाट बच्ने उपायहरू पत्ता लगाउन सकेका छैनन् । तर डाक्टरहरूसँग टेस्टिकुलर क्यान्सर बिरामीहरूको लागि खुसीको खबर छ ।’

ब्लोचका अनुसार अण्डकोषको ट्युमर वास्तवमा जर्म सेल ट्युमर अर्थात् कोसिका ट्युमर हुन् । यसको उपचार सजिलै हुनसक्छ – विशेषगरी यदि रोगबारे छिट्टै पत्ता लाग्यो भने । यसद्वारा प्रभावित खेलाडी छिट्टै नै खेलमा फिर्ता हुनसक्छन् ।

चिन्तित खेलाडी

वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने अहिले टेस्टिकुलर ट्युमर र खेलकुदबीच कुनै सम्बन्ध छैन । यद्यपि बुन्डेसलिगाका खेलाडीहरूमा चिन्ता छ ।

बायर लेभरकुसेन टोलीका चिकित्सक कार्ल–हेनरिक डाइटमारले डीडब्ल्यूसँगको कुराकानीमा भने, ‘खेलाडीहरू अहिले चिन्तित र अलिकति डराएका पनि छन् । त्यसैले धेरैजसो खेलाडीहरूले आफ्नो परीक्षण गर्न थालेका छन् । हुन त युवाहरूमा यो कुनै दुर्लभ ट्युमर पनि होइन ।’

खेलाडीहरूको नियमित रूपमा मेडिकल जाँच गरिन्छ, तर बुन्डेसलिगालाई सञ्चालन गर्ने संस्था डिएफएलका खेलाडीहरूको नियमित जाँचमा यूरोलोजिकल मामिलाहरू समावेश हुँदैन । डिटमार भन्छन्, ‘लेवरकुजेनमा हामी हिप र तिघ्राको एमआरआई गर्छौँ । यो चित्रमा अण्डकोष पनि देखिन्छ । यहाँ कुनै गाँठा छन् कि भनेर पनि देख्न सकिन्छ । रगतमा पनि ट्युमरको निशान भेटिने गर्छ । यसबारे रगतको परीक्षण गर्दा थाहा हुन्छ ।’

उनी भन्छन्, ‘हामीले रोगको पर्याप्त परीक्षण गर्छौं किनभने हाम्रो रगत परीक्षणको नतिजा एकदमै सटीक र व्यापक हुन्छ ।’

सन् २००२ मा जबदेखि डिटमारले लेभरकुसेनसँग काम गरेको छ, क्लबमा अण्डकोषको क्यान्सरको कुनै केस आएको छैन । ताजा घटनाको संख्या निकै कम छ र फुटबलसँग यसको सम्बन्धलाई जोड्न नसकिने उनी बताउँछन् ।

डिटमार भन्छन्, ‘अहिले यो संयोगको कुरा हो । तर यसको अर्थ हामी भविष्यमा सतर्क हुनु पर्दैन भन्ने पनि होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप