शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका २४ सांसदको शैक्षिक योग्यता : एसएलसी अनुत्तीर्णदेखि स्नातकोत्तरसम्म

बिहीबार, १५ मङ्सिर २०७९, १६ : ५५
बिहीबार, १५ मङ्सिर २०७९

कर्णाली प्रदेश सभामा नवनिर्वाचित २४ जना प्रदेश सभा सस्यमध्ये ५ जनाले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् भने एसएलसी समेत अनुत्तीण तीन जना रहेका छन् ।

डोल्पा (२) बाट प्रदेश सभामा निर्वाचित बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाही एसएलसी अनुत्तीर्ण हुन् । नवनिर्वाचित धेरैजसौ सदस्यहरुले एसएलसीदेखि प्लस टुसम्मको अध्ययन गरेको निर्वाचन आयोगको रेकर्डमा रहेको छ । एमाले प्रदेश इन्चार्ज एवं सुर्खेत २ (१) बाट निर्वाचित सांसद यामलाल कँडेलले व्यवस्थापन संकायका स्नातकोत्तर गरेका छन् भने पूर्वअर्थमन्त्री एवं सुर्खेत २ (२) बाट निर्वाचित सांसद विन्दमान विष्टले स्नातक (मानवकी तथा राजनीतिक शास्त्र) गरेका छन् ।

कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदार मानिएका जाजरकोट (२) बाट निर्वाचित सांसद राजीवविक्रम शाहको शैक्षिक योग्यता ब्याचलर हो भने बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीले राजनीतिक शास्त्रमा एम.ए गरेका छन् ।

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार मानिएका रुकुम पश्चिम (२) बाट निर्वाचित सांसद राजकुमार शर्माको शैक्षिक योग्यता अण्डर एसएसली हो भने दैलेख २ (२) बाट निर्वाचित एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले ब्याचलरसम्मको अध्ययन गरेका छन् । माओवादीबाट एमएसम्मको अध्ययन गर्नेमा सुर्खेत १ (२) बाट निर्वाचित सांसद कृष्ण बहादुर जिसी ‘जितेन्द्र’ रहेका छन् । जुम्ला प्रदेश क बाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीको पनि शैक्षिक योग्यता एसएलसी पास छैन ।

हेर्नुस् कसको शैक्षिक योग्यता कति ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप