दाङबाट निर्वाचित सांसदको प्रतिवद्धता : बाचा पुरा गर्छाैं
दाङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताका आशा र चुनावअघि आफुहरुले गरेका बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । बिहीबार संयुक्त निर्वाचन परिचालन समिति दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३ र प्रदेश सभा सदस्यमा निर्वाचित ६ जना सांसदहरुले मतदाताहरूलाई धन्यवाद दिँदै जनताका आशा र आफ्ना बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका हुन् ।
कार्यक्रममा दाङ क्षेत्र नम्बर ३ का सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङवासीले महसुस गर्नेगरी सम्बृद्धि र विकासका दीर्घकालीन योजना ल्याउने बताए । ‘हामीबाट दाङले धेरै आशा राखेको छ । जसलाई पुरा गर्नेछौँ । जनताप्रति सदैव उत्तरदायी बन्दै यहाँको सम्बृद्धिका लागि काम गर्छु’, गिरीको भनाइ छ ।
नेकपा माओवादी केन्द्रकी नेतृ तथा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेखा शर्माले दाङमा अलपत्र परेको विकासलाई पूर्णता दिदै जनताका हरेक दुखसुखको सारथी बन्ने बताइन् ।
उनले फोर लेन सडक निर्माणलाई तीव्रता दिन पहल गर्ने , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा सेवा र शिक्षा तत्काल सञ्चालन गर्ने, टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि पहल गर्ने, हरेक गाउँलाई शहरसँगै जोड्दै ग्रामीण वस्ती विकास गर्ने बताइन् । ‘भोट माग्दा जनताका आशा थुप्रै भेटिएका छन्, हामीले ती आशा पुरा गर्ने बाचा गरेका छौं । जनताले भोट दिए, अब हामीले विकास र समृद्धि दिनेछौं’, शर्माको भनाइ छ ।
क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मेटमणी चौधरीले प्रदेश राजधानी व्यवस्थापनका लागि खेल्नुपर्ने भूमिका, सीमा क्षेत्रको विकास र देउखुरीलाई नमुना शहर बनाउन पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान